तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प

  • भदौ १३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ । अविरल वर्षा हुँदा निरन्तर झरिरहेको पहिरोले तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि ठप्प छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजार नजिकै पर्ने इकुमा आइतबार राति खसेको पहिरोले अरनिको राजमार्ग पूर्ण अवरुद्ध भएको हो ।

भदौ ८ गते साँझ केहीबेर सवारी आवागमन खुलाइए पनि सोही राति खसेको पहिरो हटाउन नसक्दा नाका ठप्प रहेको तातोपानी भन्सार कार्यालय अधिकृत सूर्यप्रसाद काफ्लेले बताए ।

‘गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो मात्रामा पहिरो खसेदेखि पूर्ण रूपमा सडक खुलाउन सकिएको छैन, आवागमन ५ गतेसम्म नै रोकिएको थियो, ६ गते केही सवारीसाधन नेपालतर्फ छिरे पनि ७ गते फेरि पहिरो खस्यो । ८ गते साँझपख केहीबेर सडक खुलाइएकोमा फेरि पहिरो झरेपछि पहिरो हटाउन समिएको छैन् ।’ उनका अनुसार करिब ३५ वटा कन्टेनर नेपालतर्फको सडकमा अड्किएका छन् भने झण्डै ५०० कन्टेनर चीनतर्फ रोकिएको अनुमान गरिएको छ ।

पहिरो हटाउन प्रयास भइरहेको बताउँदै काफ्लेले अविरल वर्षाका कारण पुनः सडक अवरुद्ध हुने जोखिम रहेको बताए । वर्षा कम भए भोलि (शनिबार) बेलुकीसम्म सडक एकतर्फी सञ्चालनमा ल्याउनेगरी काम भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाले बताएका छन् । ‘२५ दिनयता जम्मा तीन दिनमात्रै यो सडक सुचारु गर्न सक्यौँ, पानी बस्यो भने एकतर्फी रूपमा सडक खुलाउन सडक विभाग तयार छ, विभागबाट भूगर्भविद र पहिरोका जानकारहरू खटाएर अनुसन्धान भइरहेको छ, १५ गतेबाट खोल्ने तयारी चलिरहेकै छ ।’

असार २४ गते बिहान चीनको तिब्बत मुहान भएको ल्हेन्दे खोलामा हिमोढ (पर्माफ्रोस्ट) फुट्दा अचानक आएको बाढीले विनाश निम्त्याउँदा यतिबेला चीनतर्फको रसुवा–केरुङ नाका पनि ठप्प छ । चीन आवतजावत गर्न अहिले तातोपानी नाका नै मुख्य भएकाले समयमै पहिरो हटाउन नसके राजस्व असुलीमा समेत ठूलो प्रभाव पर्ने बास्तोलाले बताए ।

‘चाडपर्व नजिकिँदै छ, यो समय राजस्व सङ्कलनका लागि पनि महत्वपूर्ण समय हो, समयमै वर्षा नरोकिए पहिरो पन्छाउन सकिने अवस्था छैन, जसकारण यस वर्ष उत्तरी नाकाको राजस्व सङ्कलनमा गिरावट आउनसक्छ’, उनले थपे ।

वि.सं. २०७२ को भूकम्पले जमिन नराम्ररी चर्किएको कोदारी क्षेत्रमा जतिपटक सडक खुलाए पनि पहिरो झर्ने समस्या दोहोरिइरहेको छ ।

यो समाचार खबरहब ले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved