देश रोइरहेको बेला निर्मल निवासमा खुसियाली मनाउन सकिँदैन - राजा ज्ञानेन्द्र

  • असोज १०, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले यसपटक सर्वसाधारणलाई दशैको टीका नलाउने निर्णय गर्नुभएको छ। देशको वर्तमान अवस्था हेरेर उहाँले यसपटक कसैलाईपनि टिका नलागाउने निर्णय गर्नु भएको हो ।

जेन्जी आन्दोलनका क्रममा कति सम्पदा ढले, कति नौजवान ढले यस्तो अवस्थामा खुसियाली मनाउन सकिँदैन भन्दै यसपटक टीका नलगाउने निर्णय गर्नुभएको राजाको सम्बाद सचिवालयले जनाएको हो। सम्बाद सचिवालय सङ्ग उहाँले भन्नुभयो, ७४ जना नौजवान नेपालीको रगतले नेपाल आमाको छाती रङ्गिएको बेला रातो टिका कसरी मुछ्न सकिएला ? देश नै शोकमा डुबेको बेला हामिले हर्ष उल्लास कसरी मनाउन सक्छौ र ? राजा ज्ञानेन्द्रले सचिवालय सङ्गको छलफलमा भन्नुभयो यसपालिको दशैँ ती सहिदको नाममा समर्पित गरौं ।

देश रोइरहेको बेला निर्मल निवासमा खुसियाली मनाउन सकिँदैन । यसबाट पुष्ठि हुन्छ राजाले कहिलेपनि जनताको विपक्षमा काम गर्नुहुन्न, उहाँले देश र जनतालाई कति प्राथमिकता दिनुहुन्छ भन्ने ।

हुनपनी देश र जनताप्रतिको जति चिन्ता र चासो राजालाई हुन्छ त्यो दलका नेता र दलबाट सिफारिस गरिएका रास्ट्रपतिलाई किन्चित पनि हुदैन ।

उनिहरुले आफ्नो परिवार, नाता, इस्ट्मित्र र कार्याकर्ता को कुरा सुन्नैपर्ने हुन्छ तर राजा सबै जनताको साझा हुने भएकाले राजालाई सबै जनताको दुख सुख बराबर लाग्छ । त्यसैलेपनि होला यतिबेला मुलुकमा राजा नाअए देश रहदैन भन्ने चिन्ता र चासो सबैलाई हुन थलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved