पाँच महिनामा ८ खर्ब भन्दा बढीको वैदेशिक व्यापार,साडे ६ खर्ब घाटा

  • पुस ७, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि मंसिरसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

यो व्यापार गत आवको सोही अवधिको २०.०७ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । यस अवधिको वैदेशिक व्यापारमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड एक लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

गत आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको थियो भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, यस अवधिमा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशत बढी हो । त्यसबेला ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो । चालू आवको साउनदेखि मंसिरसम्म फलाम, कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास, स्मार्टफोन सबैभन्दा बढी आयात भएको छ।

उच्च आयात भएको भटमासको तेल प्रशोधित बढी निर्यात भएको छ । यसबाहेक अलैँची, गलैँचा, सूर्यमुखीको तेल, पाम तेललगायत सर्वाधिक निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved