नेता फेर्ने होइन व्यवस्था फेर्ने हो भन्दै झापाबाट गर्जिए लिङ्गदेन, राखे राष्ट्रिय समझदारीको प्रस्ताव

  • पुस १२, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब टालटुले सुधारले मात्र नहुने भन्दै व्यवस्था परिवर्तनको विकल्प नरहेको बताएका छन्।

शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले हारेमा कसैको पनि भविष्य सुरक्षित नरहने बताउँदै अब व्यवस्था बदल्न आम नागरिक र युवाहरु अगाडि बढ्न अपील गरेका हुन्।

अध्यक्ष लिङ्देनले निर्वाचन मात्रै समस्याको समाधान नभएको जिकिर गर्दै आगामी निर्वाचनअघि नै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सबै सरोकारवाला पक्षहरूबीच नयाँ राष्ट्रिय समझदारी हुनुपर्ने प्रस्ताव अघि सारे। ‘संसार बन्ने तर हाम्रो देश मात्र नबन्ने कुनै कारण छैन,’ लिङ्देनले भने, ‘तर अबको सम्झौता यस्तो हुनुपर्छ जहाँ कसैको हार नहोस् र देशले जितोस्। यदि देशले हार्यो भने सबै सकिन्छ।’ ​उनले कांग्रेस, एमाले र माओवादीलाई देश डुबाएको आरोप लगाउँदै ती दलका नेताहरूले आफ्नै घरभित्रको विद्रोहसमेत ठम्याउन नसकेको टिप्पणी गरे।

भ्रष्टाचारलाई राप्रपाले मुख्य शत्रु मानेको उल्लेख गर्दै उनले संवैधानिक निकायमा दलीय भागबण्डाको अन्त्य नभएसम्म भ्रष्टाचारीमाथि कारबाही सम्भव नरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved