राप्रपा द्धारा अनुशिक्षण कार्यक्रम

  • पुस २३, २०८२
  • कालापानी मिडिया
alt

बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङकाे आयाेजनामा बझाङ जिल्लाका विभिन्न तहमा रहेका नेता कार्यकर्ता लाई अनुशिक्षण कार्यक्रम गरिएकाे छ ।

राप्रपाकाे शिक्षा विभागको आयोजनामा “शिक्षा तथा राप्रपा विषयक अनुशिक्षण एवं सुझाव संकलन एक दिवसीय कार्यक्रम”गरिएकाे हाे । राप्रपा बझाङका निवर्तमान अध्यक्ष विश्वप्रकास जेठाराकाे अध्यक्षतामा संचालन गरिएको अनुशिक्षण कार्यक्रममा प्रमुख अतिथि राप्रपा शिक्षा विभागका प्रमुख डा.राजेश गिरीको प्रमुख आतिथ्यमा बझाङको सदरमुकाम चैनपुरमा कार्यक्रम उत्साहका साथ सम्पन्न भएकाे छ । ब

झाङ जिल्ला स्थित विभिन्न तहमा रहेका कार्यसमितिका पदाधिकारी लगायत सदस्यहरू,प्रदेश कमिटी पदाधिकारी,सदस्यहरूर केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू लगायत सम्पूर्ण राष्ट्रबादी ब्यक्तित्वहरूकाे बाक्लो उपस्थितिमा अनुशिक्षण कार्यक्रम भावी मार्गदर्शनकाे रूपमा भब्यताका साथ सम्पन्न भएकाे हो ।

राप्रपा काे मुलमन्त्र राष्ट्रियता,प्रजातन्त्र ,उदारवादकाे व्याख्या तथा आदर्श विचार का रुपमा रहेको अविभावकिय सम्वैधानिक राज संस्था ,बहुदलीय प्रजातन्त्र सर्व धर्म समभाव हिन्दुराज्य का बारेमा निवर्तमान सभापति विश्व प्रकाश जेठारा ले प्रकाश पारेजा थिए।

राप्रपा शिक्षा विभाग प्रमुख, पूर्व सहमहामन्त्री तथा राप्रपा केन्द्रीय सदस्य डाक्टर राजेश गिरीले राप्रपाको इतिहास यसका सैद्धान्तिक पक्ष र अबको सम्भावना बारे बझाङ लगायत देशका ५३ जिल्लामा कार्यकर्ताहरूलाई अनुशिक्षण दिदै आएका छन्। उनले राष्ट्रमा शिक्षा बिना कुनै पनि परिवर्तन असम्भव र अबगुण हुने भएकाले राष्ट्रलाई शैक्षिक सुधार गरि सुखि नेपाली समृद्ध नेपालकाे नारा साकार पार्ने हेतुले देशका ७७ वटै जिल्लामा अनुशिक्षण कार्यक्रम गर्ने बताएका छन् ।

उनले भने "वर्तमान शिक्षा निति र हाल भएको शिक्षा ऐन ५४ वर्ष पुरानो भएकोले नयाँ शिक्षा बारेमा उहाँकाे बिचार र राप्रपाकाे निति उपयुक्त लागेकाे छ ।," राप्रपा नेता डा.राजेश गिरीको लामो संघर्ष सचेतना प्रति बझाङ राप्रपा धन्यवाद दिन मात्रै होइन थप उर्जाका लागि सिंगो देश र बझाङको लागि प्रेणादायी रहेकाे निवर्तमान अध्यक्ष विश्वप्रकाश जेठाराले बताए । राप्रपा नेता गिरी यतिबेला सुदूरपश्चिममा अनुशिक्षण कार्यक्रममा रहेका छन ।

समग्रमा राप्रपाले जस्तै शिक्षा सम्बन्धि अनुशिक्षण र समयअनुसारकाे निति ल्याई शिक्षालाई राष्ट्रकाे बलियाे खम्बाकाे रूपमा सबै पार्टी पंक्तिले लिन आवश्यक रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved