काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना पूर्व प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल प्रचण्डले मात्रै संसदीय यात्रा तय गरेका छन् । यो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लडेका थिए । निर्वाचन लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये दाहालले मात्रै विजय हासिल गरेका छन् । रुकुम पूर्व १ बाट निर्वाचन लडेका दाहाल विजय हुँदा नेक
पा सहसंयोजक माधव नेपाल भने रौतहट क्षेत्र नम्बर २ मा नराम्ररी पराजित भए । झापा-५ बाट २०४८ सालदेखि निर्वाचन लड्दै आएका एमाले अध्यक्ष ओली पनि हालसम्मको नतिजामा पराजित हुने अवस्थामा छन् ।
मतगणनाको अन्तिम नतिजा आइनसकेको भएपनि त्यहाँबाट निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चुनाव जितिसकेको अवस्था छ । बालेन्द्रको मत ६० हजार छुन लाग्दा ओली १६ हजारमा खुम्चिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved