प्रतिनिधि सभाको बैठक निर्माणाधीन सांसद भवनमै बस्ने

नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भईरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएकाे छ ।

  • फागुन २४, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेको छ । निर्वाचन सम्पन्न भएसँगै देशभरको मत परिणाम पनि सार्वजनिक भइरहेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भईरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएकाे छ ।

निर्माणाधीन संसद् भवनको सम्पूर्ण काम अहिलेनै सम्पन्न हुन नसके पनि अबको प्रतिनिधि सभा बैठक सोही भवनमा बस्ने गरी काम भइरहेको छ, जसका लागि तीव्र रुपमा काम भई रहेको विभागले जानकारी दिएको छ । भाद्र २४ गतेको जेन्जी आन्दोलन भन्दा पहिले नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् बैठक आन्दोलनका क्रममा आगजनी गरिएसँगै पूर्णरुपमा क्षति पुगेको छ। जसका कारण पनि सिंहदरबार भित्र निर्माण गरिएको संसद भवनमा अहिलेको नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठक बस्ने गरी आवश्यक पूर्वाधारको निर्माण र व्यवस्थापन भइरहेको छ ।

संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत भइसकेको छ । कुल ५ अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते भवनको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved