राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा

  • चैत ८, २०८२
  • कालापानी मिडिया
alt

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशक समिति अध्यक्षबाट डा प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै लोहनीले आइतबार राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्रमा लोहनीले चुनावमा राप्रपाको पराजय, पार्टीको आन्तरिक तथा अन्य विविध कारणले आफूलाई निराशाजनक बनाएको उल्लेख गरेका छन् । उनले समयको मागलाई अनुकरण गर्दै पार्टीको निर्देशक समितिबाट राजीनामा दिएको उल्लेख गरेका छन् । राजीनामा पत्रमा लोहनीले लेखेका छन्, ‘हालै सम्पन्न आम चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निराशाजनक परिणाम, पार्टीको आन्तरिक तथा अन्य विविध कारणले मलाई स्तब्ध बनाएको छ ।’ नेतृत्व तहका पदाधिकारीले पनि मार्ग प्रशस्त गर्नुपर्ने उनको सुझाव छ ।

उनले भनेका छन्, ‘अहिलेको अवस्थामा पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीले तत्काल मार्ग प्रशस्त गरी जनभावना अनुरूप तदर्थ समिति बनाए महाधिवेशनमा जानुपर्छ । महाधिवेशनले कुनै जिम्मेवारी दिएमात्र नत्र पदमा नरहनेगरी जिम्मेवारीबाट अलग भएको छु।’ फागुन २१ को निर्वाचन परिणामलाई लिएर पार्टी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने आवाज राप्रपामा बुलन्द बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved