बालेन सरकारमा को को भए मन्त्री

  • चैत १३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। बालेन नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।

यस्तै, कानुन मन्त्रालयको जिम्मा सोविता गौतमले पाएकी छन् भने ऊर्जा मन्त्रालय विराज भक्त श्रेष्ठ, परराष्ट्र मन्त्रालय शिशिर खनाल, तथा पर्यटन मन्त्रालय गणेश पौडेलले पाएका छन्।

सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरेश लम्साललाई दिइएको छ। शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक शाहले सम्हाल्ने भएका छन्।

यस्तै, रक्षा, उद्योग र वार्णिज्य मन्त्रालयको जिम्मेवारी बालेन आफैले राखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved