कारबाही प्रक्रिया अघि बढेको जानकारी आएपछि उच्चद्वारा महेश बस्नेतविरुद्धको रिट खारेज

  • चैत १८, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौँ : कारबाही प्रक्रिया अघि बढिरहेको जानकारी आएको उल्लेख गर्दै उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतमाथिको कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको शोभा पाठकको रिट आज खारेज गरेको छ।

पाठकले बस्नेतविरुद्धको निवेदन जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राखेको भन्दै आवश्यक प्रक्रिया अघि बढाउने आदेश जारीको मागसहित उच्चमा निवेदन दिएकी थिइन् । आज उक्त मुद्दाको कारबाही प्रक्रिया जिल्लाबाट अघि बढेको जानकारी आएकाले मागबमोजिम आदेश जारी गरिरहनु नपर्ने भन्दै मुद्दा खारेज गरिएको हो।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले उक्त आदेश भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved