युवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई काठमाडौँको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। उहाँलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न अस्पताल लगिएको निर्मल निवास स्रोतले जानकारी दिएको छ। स्रोतले जनाएअनुसार शाहलाई बिहान अस्पताल भर्ना गरिएको थियो। उनी भोलि डिस्चार्ज हुने अस्पताल स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved