नेतृत्वको कार्यशैलीप्रति धवल शमशेरको कडा काउन्टर; पुराना नेतालाई बाइपास गर्दै नयाँ अभियानको घोषणा

  • जेठ १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माणका लागि नयाँ मार्ग तय गर्ने घोषणा गर्नुभएको छ। आज आइतबार ” आह्वान” पत्र जारी गर्दै उहाँले नयाँ अभियानको सुरुवात गर्नुभएको हो।

​आफ्ना शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको राय सल्लाह बमोजिम आफूले आगामी बाटो तय गर्ने निश्चय गरेको उहाँले उल्लेख गर्नुभएको छ। देश तथा विदेशमा रहेका नेपालीहरूको सुझाव र जनभावना अनुरूप अघि बढ्नका लागि देशलाई माया गर्ने राष्ट्रवादी र विशेष गरी नवयुवा पुस्तालाई यस नयाँ अभियानमा सहभागी हुन डा. राणाले आह्वान गर्नुभएको छ।

​विगतको समीक्षा समेत गर्दै डा. राणाले राप्रपालाई चार वर्षसम्म जनभावना अनुकूल अघि बढाउने प्रयास गरिएको भएपनि पार्टी विरोधाभास र सैद्धान्तिक द्विविधाको गलत बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ। गलत बाटोका कारण नै राप्रपा जनताबाट दण्डित हुनुपरेको उहाँको भनाइ छ।

​पत्रमा उहाँले राप्रपामै आबद्ध रहन चाहने साथीहरूप्रति कुनै वैरभाव नरहेको र उनीहरूलाई शुभकामना दिने उल्लेख गर्नुभएको छ। तर, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर आफ्ना मान्यताहरूलाई सही लक्ष्य दिन चाहने हो भने आफुले आगामी दिनमा निर्माण गर्न लागेको बाटोमै एकजुट भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। उहाँले सम्पूर्ण राष्ट्रवादी हरूलाई एक ठाउँमा आउन अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved