दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने सरकारको निर्णय स्वागतयोग्यः प्रतिष्ठान

  • जेठ २७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले त्यसको स्वागत गरेको छ।

प्रतिष्ठानले बुधबार एक वक्तव्य प्रकाशित गर्दै मंगलबार मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री सूधन गुरुङले गरेको सो निर्णयप्रति आभार प्रकट गर्दै स्वागत गरेको हो।

​प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र महासचिव रञ्जित धमलाद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ, 'प्रतिष्ठानले स्थापनाकालदेखि नै दरबार हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्दै आएको सन्दर्भमा गृहमन्त्री गुरुङले सरकारी पक्षबाट यस्तो निर्णय गर्नु प्रतिष्ठानका लागि गौरवको विषय हो।'

​लामो समयपछि भए पनि इतिहासको यो गम्भीर र संवेदनशील कालखण्डको पुनरावलोकन गरी वास्तविक दोषी र षड्यन्त्रको पर्दाफास गर्ने उद्देश्यका साथ चालिएको यो कदम अत्यन्तै साहसिक, सराहनीय र स्वागतयोग्य रहेको वक्तव्यमा उल्लेख छ। यस निर्णयले विधिको शासन, न्याय र इतिहासप्रतिको उत्तरदायित्वलाई बलियो बनाउने विश्वास प्रतिष्ठानले लिएको छ।

​गृहमन्त्री गुरुङले २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए। प्रतिष्ठानले सो निर्णयको स्वागत गर्दै नयाँ छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग विशेष आग्रह समेत गरेको छ।
​वक्तव्यमा अगाडि भनिएको छ, 'इतिहासको सत्यलाई धेरै समयसम्म लुकाउन सकिँदैन। यो पुनः छानबिनले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर, कुनै पनि बाह्य वा आन्तरिक प्रभावमा नपरी, पूर्ण निष्पक्ष र वैज्ञानिक ढंगले सत्य तथ्य नागरिकसामु ल्याउनेछ भन्नेमा हामी पूर्ण रूपमा आशावादी छौँ।'
​प्रतिष्ठानले यो ऐतिहासिक न्याय निरूपणको महाअभियानमा आफ्नो तर्फबाट आवश्यक पर्न सक्ने सकारात्मक सहयोग र ऐक्यबद्धता सधैँ रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

baktabya

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

राप्रपामा पहिरो: महा ...

काठमाडौँ, ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी विभ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved