चलचित्र “ए मेरो हजुर ५” को छायाङ्कन बडीमालिकाबाट सुरु हुने, श्रावण २९ देखि शुभारम्भ

  • साउन १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ — नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहरको रूपमा परिचित सुदूरपश्चिमको पवित्र भूमि बडीमालिकाबाट नयाँ नेपाली चलचित्र “ए मेरो हजुर ५” को छायाङ्कन हुने भएको छ। आगामी श्रावण २९ गतेदेखि यस चलचित्रको औपचारिक शुभारम्भ गरिने भएको छ। ​

हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।

प्रधानमन्त्री बालेन शाहले बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार–प्रसारमा विशेष जोड दिनुभएपछि यस क्षेत्रको महत्त्व र चर्चा अझ बढेको छ। ​यही पवित्र र मनमोहक भूमिबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको यसका निर्माता तथा निर्देशक झरना थापाले बताएकी छन्।

नेपाली प्रकृति, संस्कृति र भावनालाई चलचित्रमार्फत अझ व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने आफ्नो प्रयास रहने उनको भनाइ छ। ​सामाजिक सञ्जालमार्फत यो खुसी साट्दै नायिका तथा निर्देशक थापाले सम्पूर्ण दर्शक, शुभेच्छुक र नेपाली चलचित्रप्रेमीहरूप्रति आभार व्यक्त गर्दै चलचित्रलाई सफल बनाउन उनीहरूको माया, साथ र आशीर्वादको अपेक्षा गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved