पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा रिहा

३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग दाबी

  • साउन २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतको आइतबारको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्की अर्थमन्त्री भएका बखत ठेकेदार कम्पनी 'चाइना सीएएमसी इन्जिनियरिङ'लाई मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका महसुल छुट दिन 'इम्प्लिमेन्टेसन एग्रिमेन्ट'मा गलत प्रावधान राखी राज्यलाई नोक्सानी पुर्‍याएको दाबी गर्दै ३ अर्ब ६२ करोडभन्दा बढीको बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो।

बहसका क्रममा पूर्वमन्त्री कार्कीका कानुन व्यवसायीहरूले उनले कुनै नयाँ प्रावधान नराखी नेपाल–चीनबीचको ऋण सम्झौता मात्र कार्यान्वयन गरेको तर्क पेस गरेका थिए।

अदालतले तत्कालीन पदीय हैसियत, भूमिका र प्राप्त प्रमाणहरूको विश्लेषण गर्दै कार्कीलाई थुनामै राखेर मुद्दा अगाडि बढाउनु नपर्ने निष्कर्ष निकालेको छ। तोकिएको धरौटी बुझाएर कार्की अब बाहिरै रहेर मुद्दाको सामना गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved