नयाँ राजनीतिक अध्यायको सुरुवात: 'जय नेपाल पार्टी' २९ गते दर्ता हुँदै

  • साउन २७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालको राजनीतिक वृत्तमा नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया अगाडि बढेको छ। प्राप्त जानकारीअनुसार प्रस्तावित 'जय नेपाल पार्टी' औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने तयारी पूरा भएको छ।

​पार्टी दर्तासम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको र मिति २०८३ साउन २६ गते बसेको कार्यदलको निर्णयअनुसार यही साउन २९ गते शुक्रबार दिनको १२-१५ बजे 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता गरिने भएको छ। ​

यस सुखद अवसरमा नयाँ प्रस्तावित दलमा आबद्ध रहनुभएका तथा आबद्ध हुन चाहनुहुने सम्पूर्ण नेतागण, पार्टीपंक्ति तथा शुभेच्छुक लाई उपस्थित हुन आह्वान गरिएको छ। पार्टीका प्रस्तावित सभापति डक्टर धवलशमशेर राणाद्वारा जारी गरिएको विज्ञप्तिमा दल दर्ताको यस शुभ कार्यमा सहभागिता जनाएर उत्साह र उमंग थप्न आग्रह गरिएको छ। ​

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved