लुम्बिनीमा जसपाद्वारा केन्द्रको निर्देशन उल्लङ्घन: मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने निर्णय

  • भदौ १, २०८३
  • कालापानी मिडिया
alt

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको निर्देशन विपरीत एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको बैठक बसेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने निर्णय भएको सो पार्टीका प्रमुख सचेतक हेमा वेल्वासेले जनाएकी छन् । आज बिहान मात्र सो पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले विज्ञप्ति जारी गर्दै चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका थिए । तर लुम्बिनीमा रहेको संसदीय दलले यसलाई अस्वीकार गरेको हो ।

प्रदेश सभामा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत मागेसँगै प्रदेश सभा आठौँ अधिवेशनको उन्नाइसौँ बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक वेल्वासेले सरकारलाई दिएको समर्थन यथावत् रहेको र विश्वासको मतमा फेरबदल नहुने बताएकी हुन् । ‘हाम्रो पार्टी सरकार फेरबदलको पक्षमा छैन, सरकारलाई समर्थनसँगै विश्वासको मत दिने निर्णय संसदीय दलले गरेको छ, सरकारले राम्रो गर्दा समर्थन तथा कमजोरी भए विरोध गर्ने नीति रहेको छ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

पार्टीको आन्तरिक वि ...

झापा : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक विषयलाई सामाजिक सञ्जालमा ल्या ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved