जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमिति बैठक भदौ ४ गते बस्ने

  • भदौ ३, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।

भोलि बिहीवार बिहान ११ बजे सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीले आगामी दिनमा चालिने कदमहरू र सांगठनिक विस्तारका बारेमा छलफल गर्ने, पार्टीलाई आगामी दिनमा कसरी प्रभावकारी रूपमा अघि लैजाने भन्ने विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।

सभापति डा. धवलशम्सेर राणाको नेतृत्वमा निर्माण भएको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा विहान ११ बजे आरम्भ हुने बताएको छ । विश्वसनीय राष्ट्रवादी शक्तिको अभाव र आवश्यकता पूर्ति गर्दै एकता, स्थिरता कायम गर्ने र आर्थिक समुन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित गठन भएको दलको बैठकमा संगठन निर्माणका साथै आगामी कार्यदिशाका बारेमा छलफल र महत्वपूर्ण निर्णय हुने पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए ।

सभापति राणाको नेतत्वमा गठन भएको जय नेपाल पार्टीले निर्वाचन आयोगमा साउन २९ गते दल दर्ता गरेकै दिन स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई जय नेपाल पार्टी जोडिन आह्वान गरेको थियो ।

संवैधानिक राजसंस्था, सनातन धर्म, भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षधर दल, समूह, अभियानहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved