​"सनातन धर्म र राजसंस्थाको एजेण्डा बोक्दै उदायाे ‘जय नेपाल पार्टी’

७७ वटै जिल्लामा संगठन विस्तारदेखि गोहत्याविरुद्ध कडा आन्दोलनको घोषणा !

  • भदौ ४, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रूपमा संगठन विस्तार गर्ने र गोहत्या नियन्त्रणलगायतका विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

निर्वाचन आयोगमा साउन २९ गते विधिवत् दर्ता भएको यो पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आफ्नो मूल राजनीतिक सिद्धान्त आत्मसात गर्दै 'हिमाल, पहाड, तराई – एकता, स्थिरता, समुन्नति' भन्ने नारा तय गरेको छ। ​

बिहीवार काठमाडौंको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित बैठकले आगामी भदौ र असोज महिनाभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्न केन्द्रीय सदस्यहरूको टोली खटाउने निर्णय गरेको छ।

यसैगरी, भदौ महिनाभित्रै युवा, महिला तथा जेन जी सहितका जनवर्गीय संगठनहरू केन्द्रीय तहमा गठन गरिनेछ। राष्ट्रिय जनावर गाईको संरक्षण र सम्मानको माग गर्दै भदौ महिनामा देशव्यापी रूपमा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने तथा सात वटै प्रदेशमा सुविधासम्पन्न गोशाला निर्माण गर्न राज्यलाई दबाब दिने निर्णय पनि बैठकले गरेको छ। ​

संविधान संशोधनको सन्दर्भमा हिन्दू अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न निकट भविष्यमै चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन अभियान चलाइनेछ। अनलाइन माध्यमबाट पार्टी सदस्यता लिन मिल्ने गरी भदौ महिनाभित्रै विद्युतीय प्रणाली निर्माण गर्ने र पार्टीभित्र प्रशिक्षण सञ्चालन गर्न आवश्यक सामग्री तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि पारित भएको छ।

पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा देशको राजनीतिक र सामाजिक परिवर्तनका लागि सक्रिय भएर अघि बढ्ने प्रण गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved