काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसका कारण देशभर पूर्ण रूपमा बादल लागेको छ।
अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा वर्षा हुनेछ। मधेश, कोशी र लुम्बिनीका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्छ। आज राति पनि देशभरको मौसम बदली नै रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा पनि वर्षा हुनेछ। रातिको समयमा कोशी र बागमतीका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved