अविरल वर्षाले १० जिल्लाका मुख्य राजमार्ग अवरुद्ध

कान्ति लोकपथ र टोखा–छहरेमा रात्रिकालीन सवारी रोक

  • भदौ ६, २०८३
  • कालापानी मिडिया
alt

​                                                                   फाइल तस्वीर

काठमाडौँ। अविरल वर्षाका कारण देशका १० जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

बाढी र पहिरोको जोखिम बढेपछि प्रहरीले केही सडकमा राति सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ। ​प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका मुख्य राजमार्गहरू प्रभावित भएका हुन्। ​

यी सडकमा राति सवारी सञ्चालन बन्द:

​खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी: बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। ​

कान्ति लोकपथ (मकवानपुर): अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक छ। ​

टोखा–छहरे (नुवाकोट): अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक अन्य सवारीसाधन चलाउन पाइने छैन ।  

​पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग र सडकखण्ड:

​अरनिको राजमार्ग (सिन्धुपाल्चोक)- इकु पहिरो र लिपिङमा सडक भासिएपछि आवतजावत ठप्प छ। ​

पासाङल्हामु र स्याफ्रुबेंसी सडक (रसुवा)- नदी कटानका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी र पहिरोका कारण स्याउपार्किङमा पासाङल्हामु राजमार्ग अवरुद्ध छ।

​सिद्धार्थ राजमार्ग (पाल्पा): सिद्धबाबा सुरुङमार्ग नजिकै खसेको पहिरोले सडक ठप्प बनाएको छ। ​

मेची राजमार्ग (इलाम): राजदुवालीमा हिलो जमेर बाटो बन्द छ। यहाँ वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने हुन्छ। ​

अन्य राजमार्गहरू: भेरी करिडोर (रुकुम पश्चिम), बेँसीसहर–मनाङ (लमजुङ) र घोराही–थवाङ–रुकुम सहिदमार्ग (रोल्पा) पहिरोकै कारण पूर्ण रूपमा बन्द छन्।

​पहिरो र बाढीको जोखिम यथावत् रहेकाले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved