काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै जय नेपाल पार्टीले त्यसको विरोधमा कडा आन्दोलन गर्ने घोषणा गरेको छ।
पार्टीका सभापति धवलशमशेर राणाले होटलका मुख्य प्रवेशद्वारमै पुगेर विरोध कार्यक्रम आयोजना गर्ने र बिफ आयात पूर्ण रूपमा रोक्न दबाब दिने बताएका छन्।
नेपालमा गाईको मासु आयात तथा बिक्री-वितरण कानुनी र सांस्कृतिक रूपमा संवेदनशील विषय भएको उल्लेख गर्दै पार्टीले यस्ता गतिविधि तत्काल रोक्न सरकार समक्ष माग गर्ने छ। माग सम्बोधन नभए होटलका गेटहरूमा धर्ना दिने र सशक्त दबाब सिर्जना गर्ने चेतावनी पार्टीले दिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved