राप्रपा छाडेका धवलशम्शेर र राजा ज्ञानेन्द्रबीच भेटवार्ता: ‘सबै राष्ट्रवादी एक हुनुपर्ने’ राजाको सन्देश

  • भदौ ७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका नेता धवलशम्शेर राणाले राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। ​

शनिबार ‘हिमानी ट्रष्ट’ द्वारा आयोजित विशेष कार्यक्रममा सहभागी भएपछि नेता राणा र राजा शाहबीच दोहोरो राजनीतिक संवाद भएको हो। उक्त कार्यक्रममा युवराज्ञी हिमानी शाहले कोरेका तीन वटा मौलिक चित्रकलाहरू लिलामीमा राखिएका थिए। चित्रकला लिलामीबाट सङ्कलित रकम बाजुराका आमा तथा बालबालिकाको पोषण र स्वास्थ्य सुधारमा सहयोग गरिने जनाइएको छ। ​

कार्यक्रमपश्चात् भएको भेटका क्रममा राणाले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हालै गठन गरिएको ‘जय नेपाल पार्टी’ को नीति तथा एजेन्डाबारे राजालाई जानकारी गराएका थिए। जवाफमा राजा शाहले देशको विद्यमान अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाएर अगाडि बढ्न राणालाई आग्रह गर्नुभएको छ । ​

नेता राणाले सामाजिक सञ्जालमार्फत राजासँगको भेटघाट अत्यन्तै सकारात्मक र फलदायी रहेको उल्लेख गरेका छन्।

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएर अघि बढेको जय नेपाल पार्टीका लागि यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved