काठमाडौं । भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता सामग्री र अत्यावश्यक औषधि पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै भारतले मानवीय सहायता र आवश्यक औषधि पठाएको जानकारी दिएका हुन् ।
मोदीले बाढीमा ज्यान गुमाएकाहरूका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन् ।
नेपालमा भोटेकोसीसहित विभिन्न नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेका बेला भारतले मानवीय सहयोग उपलब्ध गराएको हो ।
भारतले पठाएको १० टन सहायता सामग्रीमा विपद् प्रभावितको तत्काल आवश्यकता पूरा गर्न आवश्यक राहत सामग्री तथा अत्यावश्यक औषधि रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved