काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न जय नेपाल पार्टीले आकस्मिक बैठक बस्ने भएको छ।
बैठक भोलि बिहिवार दिउँसो १:०० बजे बत्तीसपुतलीस्थित ‘काजीको किचेन’मा बस्ने भएको हो । पार्टी सभापति डा. धवल शमशेर राणाले काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई बैठकमा आह्वान गरेका हुन्।
बैठकमा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउने र पीडितलाई तत्काल राहत एवम् पुनःस्थापनाको व्यवस्था मिलाउने विषयमा गहन छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved