माथिल्लो त्रिशूली सुरुङभित्र फसेका ३५० जनाको सकुशल उद्धार, बाँकीको खोजी जारी

  • भदौ १२, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

​भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र मानिसहरू थुनिएपछि चौतर्फी चिन्ता बढाएको थियो। सेनाको टोलीले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिका बिच उद्धार कार्य सफल बनाएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ। ​उक्त सुरुङभित्र अझै पनि १०० जनाभन्दा बढी व्यक्तिहरू फसेको अनुमान गरिएको छ।

सेनाले बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रताका साथ निरन्तरता दिइरहेको छ। ​रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको विपद् उद्धार टोली सक्रिय रूपमा परिचालन भएको छ।

सेनाले बिहीबार मात्रै प्रभावित स्थानहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved