फेरि बाढी आउने भन्दै चीनले रोक्यो उद्धार कार्य

तिब्बत तालको प्रभावले नेपालमा पनि असर पर्ने हुनाले सतर्क रहन आग्रह

  • भदौ १२, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो आउँदा नेपालको रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय र भौतिक क्षति गरेको छ।

तिब्बत क्षेत्रमा भएको क्षतिपछि चीन सरकारले बुधबारदेखि नै उद्धार कार्य जारी राखेको थियो। दुई दिन उद्धार कार्य गरेर शुक्रबारदेखि भने अस्थायी रुपमा उद्धार कार्य रोकिएको चिनियाँ सरकारी समाचार संस्था सिसिटिभीले जनाएको छ। तिब्बत क्षेत्रमा भग्नावशेष थुप्रिएर बनेको तालबाट पुनः बाढी आउने खतरा बढेको सिसिटिभीले लेखेको छ।

जसका कारण हाल भइरहेको उद्धार तथा खोजी कार्य रोकिएको छ। प्रभावित क्षेत्रमा पुगेका आपत्कालीन टोलीलाई एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ। विनाशकारी पहिरो र बाढीपछि अझै सयौं मानिस बेपत्ता रहेका बेला फेरि बाढीको जोखिम बढेपछि उद्धार कार्य प्रभावित भएको छ।

तिब्बत क्षेत्रमा बनेको ताल फुटेमा नेपालमासमेत असर पुग्ने चेतावनी बाढी पूर्वानुमान महाशाखाले बिहीबार नै दिएको थियो। नेपालसमेत सतर्कता अपाउन आग्रह गरिएको छ। हाल नेपालमा बाढीमा बेपत्ताहरूको खोजी कार्य सकिएको छैन। तीन दिनदेखि निरन्तर बेपत्ताको खोजी तथा उद्धार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved