भोटेकोशी बाढीपीडितका लागि भुटानद्वारा १६ करोड रुपैयाँ सहयोग

  • भदौ १७, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय रुपैयाँ (करिब १६ करोड नेपाली रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ। ​

भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकको शाही निर्देशनमा उक्त रकम नेपालको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ का लागि प्रदान गरिएको हो। नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख डा. सुरेन्द्र थापालाई नेपालका लागि भुटानी राजदूत मेजर जनरल भेत्सोप नाम्ग्येलले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो। ​गत अगस्ट २६ मा आएको बाढीले प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि यो सहयोग उपलब्ध गराइएको भुटान सरकारले जनाएको छ।

भुटानको शाही सरकार र जनताले बाढीका कारण ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र पुनःस्थापनाको कामना गरेका छन्। ​यो सहयोग विपत्तिको कठिन समयमा दुई देशबीचको प्रगाढ मैत्रीपूर्ण सम्बन्ध, भ्रातृत्व र ऐक्यबद्धताको प्रतीक भएको भुटानी पक्षले उल्लेख गरेको छ।

प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको प्रत्यक्ष राहत तथा क्षतिपूर्तिमा उपयोग गरिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved