दार्चुलाको अपि बेसक्याम्प जाने मार्गमा ठूलो पहिरो: भट्टाड गाउँ नजिकै चमेलिया नदी थुनियो, यात्रा नगर्न आग्रह

  • भदौ १९, २०८३
  • कालापानी मिडिया
alt

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो पहिरो जाँदा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। पहिरोका कारण केही समय चमेलिया नदी पूर्ण रूपमा थुनिएको थियो। ​

स्थानीय प्रशासन र प्रत्यक्षदर्शीका अनुसार पहिरोले नदी थपेर थुनिए पनि अहिले भने बिस्तारै केही मात्रामा पानी निकास हुन थालेको छ। तर पहिरो खस्ने क्रम र नदीको बहाव अझै जोखिमपूर्ण रहेकाले तटीय क्षेत्र तथा अपि बेसक्याम्प जाने पदमार्ग पूर्ण रूपमा बन्द भएको छ। ​पहिरोका कारण त्यस क्षेत्रमा यात्रा गरिरहेका वा यात्राको योजना बनाइरहेका पर्यटक तथा स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र उक्त बाटो भई यात्रा नगर्न अनुरोध गरिएको छ।

नदीमा पानीको बहाव अकस्मात् बढ्न सक्ने सम्भावना रहेकाले चमेलिया नदी किनारका बस्तीहरूलाई समेत सजग रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved