अब बिबाहका लागि व्यबहार र सहबासले नै दिने छ कानुनी मान्यता- सर्वोच्च

  • असोज ५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । सर्वोच्च अदालतले विवाहपछि लोग्ने-स्वास्निको सम्बन्ध कायम हुनका लागि ठोस प्रमाणबाट पुष्टि नभए परिस्थितिजन्य प्रमाण नै पर्याप्त हुने नजिर स्थापित गरेको छ।

विवाह र नाता सम्बन्ध कायम सम्बन्धी विवादको निरुपण गर्दै सर्वोच्चले परम्परागत वा औपचारिक समारोह नभए पनि पुरुष र महिलाबीचको आचरण, व्यवहार, सहवास जस्ता परिस्थितिजन्य प्रमाणका आधारमा वैवाहिक नाता कायम हुने सिद्धान्त प्रतिपादन गरेको हो। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले मोहनकुमार चौधरी र पवित्रा खड्काबीचको नाता कायम मुद्दामा फैसला गर्दै विवाह सम्बन्धका लागि परिस्थितिजन्य प्रमाण नै पर्याप्त हुने नजिर कायम गरेको हो।

मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ ले विवाह भइ नाता कामय हुनका लागि औपचारिक समारोह वा दर्ता नै हुनु नपर्ने व्यवस्था गरेको छ। संहिताको उक्त व्यवस्था अनुसार कुनै पुरुष वा महिलाले औपचारिक समारोह वा कार्यक्रम नगरे पनि एक अर्कालाई पति पत्नीका रूपमा स्वीकार गर्ने कार्य, व्यवहार, आचरण वा सहवास गरेमा त्यसले कानुनी विवाहको मान्यता पाउने व्यवस्था छ।

फैसलामा प्रत्यक्ष लिखत वा विवाह दर्ताको अभावमा पनि प्रमाण ऐन, २०३१ को दफा ७ (ग) र दफा २३ (४) बमोजिम पक्षहरूको आचरण, छिमेकी तथा नजिकका साक्षीहरूको बकपत्र, र अन्य परिस्थितिजन्य प्रमाणको बलियो श्रृङ्खलाका आधारमा नाता सम्बन्धको निष्कर्षमा पुग्न सकिने सिद्धान्त कायम गरेको हो।

फैसलामा भनिएको छ, ‘लिखित तथा प्रत्यक्ष प्रमाणका अतिरिक्त वादी प्रतिवादीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको, पशुपतिनाथ मन्दिरमा विवाह भएको दावी रहेकोमा वादी प्रतिवादीबिच सँगै खिचेको फोटो रहेको तथा विवाह पश्चात कीर्तिपुरमा एउटै कोठामा बसेको तथ्य (जुन कुरा प्रमाण ऐन, २०३१ को दफा ७ को खण्ड (ग) अनुसार अदालतले अनुमान गर्न सक्ने) जस्ता परिस्थितिजन्य प्रमाणका परिदृश्यमा पनि वादी प्रतिवादीबिच विवाह भएको कुरा थप रुपमा स्थापित हुन आएको छ ।’

सर्वोच्चले प्राविधिक विषयलाई मात्र आधार बनाएर समग्र परिस्थितिजन्य प्रमाणलाई उपेक्षा गर्न नमिल्ने, सामाजिक परिवेशमा बिना कारण कुनै महिलाले झुट्टा दाबी लिई वर्षौसम्म अदालतमा न्यायको याचना गरिरहने कुरा पत्यारयोग्य नहुने फैसलामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved