आज यी १२ जिल्लाका खोलामा आकस्मिक बाढीको उच्च जोखिम, तपाईँको जिल्ला कुन वर्गमा पर्छ?

  • असोज ९, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । देशका विभिन्न भागमा भारी वर्षासँगै स-साना खोला तथा नदीहरूमा बाढीको त्रास बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका १२ जिल्लाका विभिन्न खोला तथा नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम देखिएको छ। ​महाशाखाले जारी गरेको पूर्वसूचना अनुसार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर तथा यी जिल्लाका आसपास भई बहने स-साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको छ।

यी क्षेत्रका नदी तटीय आसपासमा बस्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। ​यसैगरी देशका अन्य अधिकांश जिल्लाहरूमा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

​पूर्वी तथा मध्य पहाडी/तराई क्षेत्र:

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरका खोला तथा नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ। ​

मध्य तथा पश्चिमका अन्य जिल्लाहरू:

मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम (पूर्व र पश्चिम), प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुराका स-साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान छ। ​

मौसममा आएको परिवर्तनका कारण नदी किनार, भिरालो जमिन तथा बाढीग्रस्त क्षेत्र आसपास रहेका सर्वसाधारणलाई नदी तटीय क्षेत्रमा नजान र पूर्वतयारीका साथ उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved