​डडेलधुरामा सवारी साधन आवागमनमा लगाइएको रोक थपियो

  • असोज ११, २०८३
  • कालापानी मिडिया
alt

​डडेल्धुरा : लगातारको वर्षा र हावाहुरीका कारण डडेलधुरा जिल्लाभर सवारी साधन आवागमनमा लगाइएको रोक थप गरिएको छ।

​जिल्ला प्रशासन कार्यालय, डडेलधुराले एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा थप रोक लगाइएको जनाएको छ। यसअघि असोज १० गते बिहान ७:०० बजेदेखि असोज ११ गते बिहान ७:०० बजेसम्मका लागि सवारी साधन चलाउन रोक लगाइएकोमा निरन्तर वर्षा र हावाहुरी रोकिएकाले असोज ११ गते बिहान ७:०० बजेदेखि असोज १२ गते सोमबार बिहान ७:०० बजेसम्मका लागि यो रोक कायम गरिएको छ।

प्रशासनले आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, नागरिकहरूलाई जो जहाँ छन् त्यहीँ सुरक्षित साथ रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। ​आपतकालीन सम्पर्क नम्बरहरू: ​प्रमुख जिल्ला अधिकारी: ९८५८७१७७७७ ​,सहायक प्रमुख जिल्ला अधिकारी: ९८५८४८६६६६, ​जिल्ला प्रहरी कार्यालय प्रमुख: ९८५८७१५५५५ ​नेपाल प्रहरी हटलाइन: १०० ​सशस्त्र प्रहरी बल नेपाल हटलाइन: १११४ ​DEOC: १२३४

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved