नेपाली कांग्रेसको १५औँ महाधिवेशन सार्ने तयारी, सर्वोच्चको आदेश र कानुनी जटिलता हेरेर निर्णय गरिने

  • असोज १२, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याएपछि नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी गरेको छ।

​पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षाका कारण क्षेत्रीय अधिवेशन गर्न तथा प्रतिनिधिहरूलाई काठमाडौँ आउन कठिनाइ भएकाले महाधिवेशन सार्नेबारे छलफल भइरहेको हो।

​आगामी असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको मिति परिवर्तन गर्ने/नगर्नेबारे मङ्गलबार बिहान बस्ने बैठकले निर्णय गर्ने प्रवक्ता चालिसेले जानकारी दिए। ​

यद्यपि, कानुनी अड्चनलाई ध्यानमा राखेर मात्र अन्तिम निर्णय लिइनेछ। कांग्रेसले सर्वोच्च अदालतमा धारणा पेस गर्दा असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने उल्लेख गरेको र अदालतको फैसलामा पनि सोही विषय परेकाले कानुनी परामर्शपछि मात्र औपचारिक निर्णय गरिने प्रवक्ता चालिसेले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved