फेसबुक टाइमलाइनमा नयाँ परिवर्तन: बीचमा प्रोफाइल तस्बिर र नामको पछाडि ‘डमी चेकमार्क’

के हो त यसको वास्तविक अर्थ ?

  • असोज १२, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ। पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकको प्रोफाइल टाइमलाइनको डिजाइनमा नयाँ परिवर्तन देखिएको छ।

पहिले बायाँपट्टि देखिने प्रयोगकर्ताको प्रोफाइल तस्बिर (प्रोफाइल पिक्चर) अहिले सरेर बीच भागमा आएको छ भने धेरैजसो प्रयोगकर्ताको नाम पछाडि ‘खैरो चेकमार्क’ (ग्रे टिक) समेत देखिन थालेको छ। ​टाइमलाइनमा एक्कासि देखिएको यस चेकमार्कले प्रयोगकर्ताहरूमाझ अन्योलता र चासो बढाएको छ।

धेरैले यसलाई मेटाको तर्फबाट उपलब्ध गराइएको आधिकारिक भेरिफिकेसन ब्याच ठाने पनि यो वास्तवमा फेसबुकले स्वतः दिएको आधिकारिक चेकमार्क भने होइन। ​फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई सशुल्क सेवा ‘मेटा वन’ (Meta Subscription) लिन आकर्षित गर्ने उद्देश्यले नमुना (पूर्वावलोकन) का रूपमा यो ‘डमी’ चेकमार्क देखाएको हो। सशुल्क सब्स्क्रिप्सन खरिद गरेपछि यही चेकमार्क प्रोफाइलमा निलो रङ (ब्लु टिक) मा परिवर्तन हुन्छ भन्ने जानकारी दिन फेसबुकले यो डिजाइन पस्किएको हो।

​अहिले देखिएको यो खैरो चेकमार्क प्रयोगकर्ता स्वयमले आफ्नो टाइमलाइनमा बाहेक अरू कसैको प्रोफाइलमा देख्न सक्दैनन्। उक्त चेकमार्कमा क्लिक गर्दा ‘मेटा सब्स्क्रिप्सन’ एक्टिभ गर्ने विकल्प खुल्छ। ​हाल परीक्षणका क्रममा रहेको यो फिचर पूर्ण रूपमा कार्यान्वयनमा आएपछि विशेषगरी फेसबुक मार्केटप्लेस (सामान खरिद-बिक्री), फेसबुक डेटिङ र फेसबुक ग्रुपका च्याटहरूमा भेरिफिकेसन मार्कका रूपमा देखिनेछ। य

सले गर्दा अनलाइनमा लेनदेन गर्दा, च्याट गर्दा वा जोडिएका व्यक्तिहरू वास्तविक हुन् भन्ने पुष्टि गर्न प्रयोगकर्तालाई सहज हुने मेटाको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved