महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै सुनिल शर्मा

पार्टी कार्यालय सानेपामा असोज १७ गते उम्मेदवारी घोषणा सभा हुँदै

  • असोज १६, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता एवं जी.पी. कोइराला फाउन्डेसनका अध्यक्ष डा. सुनिल शर्माले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा पार्टीको महत्त्वपूर्ण पद मानिने ‘महामन्त्री’ पदमा उम्मेदवारी दिने पक्का भएको छ।

युवा नेता शर्माले पार्टीलाई गतिशीलता प्रदान गर्न र नयाँ नेतृत्व मार्फत कांग्रेसलाई थप सबल र सुदृढ बनाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका छन । पार्टीभित्र र बाहिर उनको यो घोषणालाई निकै चासोका साथ हेरिएको छ। ​

उक्त उम्मेदवारी घोषणा तथा विशेष पत्रकार सम्मेलन आगामी २०८३ साल असोज १७ गते बिहान ११:०० बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा आयोजना हुने भएको छ। ​

स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो बलियो पहिचान बनाएका नेता शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा समाचार संकलन तथा कभरेजका लागि सञ्चारकर्मी, पत्रकार तथा शुभेच्छुकहरूलाई उपस्थित हुनपनि अनुरोध समेतगरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved