राजमार्गमा खटिएका सुरक्षाकर्मीलाई डा.देवराज घिमिरेको सहयोग

  • वैशाख ५, २०७७
  • कालापानी मिडिया
alt

मुलुक नोबेल कोरोना भाईरस (कोभिड १९) को संभावित जोखिम तथा संक्रमणको न्युनिकरण र रोकथामका लागि लकडाउनमा रहेका बेला पछिल्लो केहिदिन अघि काठमाडौं र सुनसरीमा लकडाउन कडाईका साथ कार्यान्वयन गराउन खटिएका सुरक्षाकर्मीबाट डाक्टर तथा स्वास्थ्यकर्मी पिटिएको समाचार सार्वजनिक भयो ।
नोबेल कोरोना भाईरस बिरुद्धको लडाई लडिरहेका चिकित्सहरुमाथी राष्ट्रसेवक प्रहरीले हातपात गरेको विषयमा देशभर आलोचना बढिरहँदा आज विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा युवा अभियन्ता डा.देवराज घिमिरेले भने इटहरी देखि दमक सम्म अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई खाजा तथा चिसो पानी वितरण गरेका छन ।
नोबेल कोरोना भाईरस नियन्त्रणको अभियानमा सक्रिय डाक्टर घिमिरेले सुरक्षाकर्मीहरुलाई चाउचाउ,विस्कुट,चिसो पानी तथा जुस वितरण गरेका हुन । विश्वभर महामारीको रुपमा फैलिई एक लाख भन्दा बढी मानिसको ज्यान लिईसकेको कोरोना भाईरस बिरुद्ध लडिरहेका राष्ट्रसेवक सुरक्षाकर्मी र चिकित्सक दुवैको दुरी कम गर्दै आपसी भाईचारा तथा समन्वय बढाउन आफुले उक्त कार्य गरेको जानकारी डाक्टर घिमिरेले दिए ।
लकडाउनको पुर्ण परिपालना गराउदै नेपाली नागरिकहरुको सुरक्षा गर्ने जिम्मा अहिले सुरक्षाकर्मी र चिकित्सकहरुको काँधमा आएको बताउदै डाक्टर घिमिरेले कोरोना भाईरस परास्त गर्ने एउटै अभियान लिएर अहोरात्र खटिईरहेका सुरक्षाकर्मी र चिकित्सकहरु बिच कुनै मतभेद हुन नहुने र समन्वयकारी भुमिका निर्वाह गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।93772657_259529658413847_8827947222684401664_n
यो समय सुरक्षाकर्मी र चिकित्सक दुवैको मनोबल उच्च हुनुपर्ने र दुवैको मनोबल गिर्न नहुने डाक्टर घिमिरेको भनाई छ । डाक्टर घिमिरेको सदासयता तथा भाईचाराले आफुहरुलाई कोरोना भाईरस बिरुद्ध सरकारी अभियान सफल बनाउन थप उर्जा तथा हौसला बढेको सुरक्षाकर्मीहरुले प्रतिक्रिया दिए ।
चिकित्सा पेशामा रही सामाजिक गतिविधिमा समेत उत्तिकै सक्रिय डाक्टर घिमिरे देश भुकम्प तथा बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले आक्रान्त हुँदा विपन्न सुकुम्बासी बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने,निशुल्क औषधि वितरण गर्ने, गरिब जेहन्दार विद्यार्थीहरुलाई पाठ्यसामग्री वितरण गर्ने तथा अति विपन्न वर्गका बिरामीहरुलाइ आर्थिक सहयोग गर्दै उपचारमा संलग्न रहदै अन्य विभित्र सामाजिक गतिविधी समेत गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved