‘ यस्तै राजनीति भनेको, कांग्रेससँग फेरि सहकार्य हुन सक्छ’

  • असोज २७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग फेरि सहकार्य हुन सक्ने बताउनु भएको छ। अध्यक्ष दाहालले नेपाली कांग्रेसद्वारा आइतबार आयोजित चियापान कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘मैले कांग्रेसको मनोबल विगतमा भन्दा बढ्दै गएको देखेको छु’ चियापानमा उहाँले भन्नुभयो, ‘राजनीति यस्तै हो, असम्भव भन्ने केही छैन । हेर्दै जाउ, अब राजनीतिले कस्तो कोल्टे फेर्छ ? कांग्रेससँग परि सहयात्रा र सहकार्य हुन सक्छ ।’ अध्यक्ष दाहालले मा ओवादी शान्ति प्रकृयामा ल्याउन र मुलुकमा संविधान सभाको घोषणा हुनुमा आफ्नो र स्वर्गीय गिरिजा प्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख भयो ।

‘मुलुकमा ठूलो राजनीतिक परिवर्तन भयो, संविधान सभाबाट बनेको संविधानले जनतालाई सार्वभौम बनाएको छ’ उहाँले भन्नुभयो, ‘स्वर्गीय गिरिजा प्रसाद कोइरालाजी र मबीचको सहकार्यले नै यो सम्भव भएको हो । यसको प्रमाणित भइसकेको छ ।’ अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग फेरि सहकार्य हुन सक्ने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved