निको भइन कारोना संक्रमित ३ हप्ताकी शिशु

  • वैशाख १२, २०७७
  • कालापानी मिडिया
alt

काठमाण्डौ । स्कटल्याण्डमा कोरोना भाइरस -कोभिड १९ को सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् ।
गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको छ । उनी कोरोना जितेर घर फर्किएपछि परिवारका सदस्यले उपचारमा संलग्न डाक्टर तथा नर्सलाई धन्यवाद दिएका छन् ।

डाक्टरहरुले कोरोना भाइरस परीक्षणको लागि आफ्नी तीन महिनाकी शिशुको नाकमा स्वाब राखेको घटनालाई स्कटल्याण्डकी ट्रेसी मेग्वायर अझै सम्झिन्छिन् । यो दृश्य देख्नु आफ्नो लागि नकै कष्टपूर्ण रहेको उनले बताइन् ।

ुमैले पहिलो पटक आफ्नो बच्चाको आँखामा आँसु देखेँ । मैले उसलाई समाएको थिएँ । त्यो अवस्थामा हामी एक अर्कालाई साथ दिइरहेका थियौँ, उनले भनिन् ।

समयभन्दा अघि नै जन्मिएकी ती शिशुको तौल मात्र डेढ किलो थियो । उनी जन्मेको तीन हप्तामै कोरोना सङ्क्रमित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved