बाबुरामका विचार र भाषालाई लिएर रेडियो नेपालले निकाल्यो विज्ञप्ति

  • वैशाख १५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । रेडियो नेपालले डा।नवराज लम्सालद्वारा सञ्चालित लाइभ प्रशारण अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राखेको विचार र भाषालाई लिएर विज्ञप्ति निकालिएको छ । 

लम्सालद्वारा सञ्चालित सो कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुरामले प्रयोग गरेका विचार र भाषा प्रधानमन्त्रीप्रति लक्षित भएकाले विज्ञप्ति निकाल्नुपरेको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

कार्कीद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ, ‘भट्टराईले प्रयोग गरेका भाषा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित भएको र सो भाषा र विचारका कारण रेडियो नेपाललाई दुखी तुल्याएको छ ।’

सोमबार बिहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइ रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा। नवराज लम्सालले लाइभ प्रशारण अन्तरसंवाद कार्यक्रम सञ्चालन गरेका थिए । 

साथै, रेडियो नेपालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचार पनि हटाएको छ । सोमबार बिहान ६ः३० मा रेडियो नेपालले पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा बाबुराम भट्टराईसँग लाइभ प्रशारण अन्तरसंवाद गरेको भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved