अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

  • वैशाख १७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ । यस तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ३१ लाख १४ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने २ लाख १६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परीक्षणको दायरा बढाएको भन्दै संक्रमितको संख्या विस्तारै शून्यमा झर्ने दोहोर्याएका छन् । गत फेब्रुअरी महिनामा अमेरिकामा १५ जना संक्रमित फेला पर्दा पनि ट्रम्पले त्यही कुरा भनेका थिए ।

अहिले अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved