सुन्दरहरैचामा प्रथम गोकुलम भेट्रान फुटसल प्रतियोगिता हुने

  • कार्तिक ६, २०७६
  • कालापानी मिडिया
alt

सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकामा प्रथम गोकुलम भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ ।

विराटचौक भेट्रान क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको खेल समय र पुरस्कार राशी आज पत्रकार सम्मेलन मार्फत आयोजकले सार्वजनिक गरेको छ । कार्तिक ०९ गते देखि आयोजना हुने उक्त प्रतियोगिता कार्तिक १० गते सम्म हुने अयोजकले बतएको छ । दक्षिणी अमेरिकाबाट उदाएको फुटसल खेल नेपालमा पनि दिनानुदिन लोकप्रिय बन्दै गईरहेको छ ।

स्वस्थ्यको दृष्टिकोणले सबैलाई उपयुक्त यो खेल सबै उमेर समुहम त्यति नै मात्रामा लोकप्रिय देखिन्छ भने जुनसुकै मौसममा समेत यो खेल खेल्न सकिन्छ । उक्त प्रतियोगितामा ३५ वर्षको १ जना र ३८ वर्ष देखि माथि ७ जना सहभागी हुन पाउने आयोजकले बताएको छ । खेल समयवधी भरी उक्त प्रतियोगितामा २४ वटा टिम सहभागिता हुने आयोजकले बताएको छ भने खेलमा सहभागि हुने टिमका प्रत्येक खेलाडिले आफ्नो मतदाता परिचय पत्र वा नागरिकतको सक्कल पेश गर्नु पर्ने कार्यक्रम संयोजक युगेन गुरुङले बताएका छन ।

आयोजकले प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५०,००० ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु २५,००० ट्रफी र प्रमाणपत्र , सर्वोत्कृष्ट खेलाडिलाई नगद रु २,००० ट्रफी र प्रमाणपत्र , बढी गोलकर्तालाई नगद रु १,५०० ट्रफी र प्रमाणपत्र र उत्कृष्ट गोलकिपरलाई नगद रु १,५०० ट्रफी र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलन मार्फत संयोजक गुरुङले बताए । प्रतियोगिता सुन्दरहरैचा स्थित विराटचौकमा रहेको प्लानेट फुटसलको खेल मैदानमा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved