भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४७ पुग्यो

  • वैशाख १९, २०७७
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतमा कोरोना भाइरस ९कोभिड-१९० बाट मृत्यु हुनेको संख्या १,१४७ पुगेको छ । गएको २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना भाइरसका एक १,९९३ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै भारतमा संक्रमितको कुल संख्या ३५ हजार ४३ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् जसमध्ये ४५९ को ज्यान गइसकेको छ । गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ, त्यहाँ १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिएको छ जसमध्ये, ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ भने दुईजनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा आठ हजार ८ सय ८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved