एन्फामा राहत र सहयोगको नाउँमा विधान विपरित अवैधानिक समिति

  • वैशाख २०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राहत र सहयोग वितरण गर्ने नाउँमा विधान विपरित अवैधानिक समिति बनाएको छ ।
गत बुधबार भिडियो कन्फरेन्सबाट एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रस्तावमा विधान बमोजिमको स्थायी समिति ‘सामाजिक उत्तरदायित्व समिति’लाई वेवास्त गरी राहत तथा सहयोग समन्वय समिति गठन गरिएको हो ।
राहत तथा सहयोग समन्वय समिति गठनबारे एन्फाले बुधबार एक विज्ञप्ति जारी गरि जानकारी गराएको थियोे । समितिले समस्या वा संकट पहिचान गरी आवश्यक राहत सहयोग गर्ने बताइएको छ ।anfa
राहत तथा समन्वय समिति केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा बनाइएको छ भने समितिमा उत्तमकुमार भण्डारी र रूपेश अधिकारी सदस्य छन् ।
नवनिर्मित समितिको वैधानिकताको बारे प्रश्न उठ्न थालेको छ । विधानमा नभएको समिति भिडियो कन्फरेन्सबाट सामाजिक उत्तरदायित्व समितिसमेतको अधिकार क्षेत्रलाई मिचेर बनाइएको छ । एन्फाको बिधानले भिडियो कन्फरेन्सबाट बैठक बस्न सकिनेबारे उल्लेख गरेको छैन । एन्फाको विधानको धारा ३७ बमोजिम कार्यसमिति बैठकको लागि ७ दिन अघि नै सदस्यहरुलाई लिखित जानकारी दिनु पर्ने व्यवस्था छ । औपचारिक बैठक नै नबसी समिति गठन गरेको र समितिको संयोजकमा विवादित व्यक्तिलाई चयन गरिएकोमा एन्फाभित्र अहिले असन्तुष्ट देखिएको छ ।
एन्फाका अध्यक्ष शेर्पाले अनौपचारिक छलफल भनी बोलाएको भिडियो कन्फरेन्सबाट औपचारिक समिति निर्माण गर्न प्रस्ताव गरी निर्णय गरेकोमा एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवाङले भने असन्तुष्ट व्यक्त गरेका छन् । उनले सचिवालय र सामाजिक उत्तरदायित्व समिति हुँदा हुँदै यो अनौपचारिक बैठकबाट औपचारिक समिति गठन गर्न नहुने सुझाव दिदा समेत जबरजस्ती समिति गठन गरेको बताएका छन् ।
समितिका संयोजक श्रेष्ठ एन्फाको स्थायी समिति स्वास्थ्य समितिका संयोजक समेत हुन् । उनीलाई स्वास्थ्य समिति मार्फत आर्थिक अनियमितता गरेको आरोप समेत लागेको थियो ।
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved