नेकपामा स्थायी समिति बैठक तयारीका लागि सचिवालय बस्दै

  • वैशाख २४, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी समिति बैठक तयारीका लागि आज सचिवालय बस्दैछ ।नेकपाले पार्टीभित्रको विवाद सुल्झाउन बिहीबार स्थायी समिति बैठक बोलाएको छ । त्यसको एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे हुने पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी ओलीको कार्यशैली र अध्यादेशलाई लिएर नेकपाको शीर्ष नेताबीच पछिल्लोसमय आपसी किचलो भइरहेको छ । नेकपाको विधानमा एक व्यक्ति एक पद प्रावधान छ । तर त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नपाल र झलनाथ खनाल लगायतले पार्टी विधि अनुसार चल्नुपर्ने भन्दै एक व्यक्ति एक पद कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ । तर प्रधानमन्त्री ओली पक्षले त्यसको बेवास्ता गर्दै आएको छ । त्यही कारण पार्टीमा विवद भएको हो । विवाद उत्कर्षमा पुगेर नेतृत्व नै संकटमा पर्न थालेपछि त्यसको समाधानको लागि स्थायी समिति बैठक बोलाइएको हो ।

स्थायी समिति बैठक अघि पनि शीर्ष नेताहरुले समस्या समाधान गर्न आपसी संवाद जारी राखेका छन् । प्रधानमन्त्री ओलीले अर्को अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायत नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग मंगलबार पनि परामर्श गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved