भारतीय मिचाहा प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाउनुपर्ने - कमल थापा

  • वैशाख २७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय मिचाहा प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाउनुपर्ने बताएका छन् । शनिबार ट्वीट गर्दै अध्यक्ष थापाले नेपालीभूमि अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सही भएको तर अब यसरी चुप लागेर बस्न नहुने बताएका हुन्।
थापाले लेखेका छन्, ‘नेपालीभूमि अतिक्रमण गरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सही छ । सो भावना अनुरुप भारत सरकारलाई बिरोधपत्र पठाउन, भारतीय राजदूतलाई बोलाई बिरोध जनाउन र राष्ट्रिय सहमति कायम गरि राष्ट्रसंघमा आवाज उठाउने लगायत अन्य कदम चाल्न सरकार संग आग्रह गर्दछु। भारतीय कदमको विरोध गर्दै सरकारले आपत्ति जनाएको छ । त्यस्तै विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनले शनिबार भारतीय कदमको विरोध गर्दै प्रदर्शन गरेका थिए । शुक्रबार भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेको थियो ।95944362_249069529670585_2725552045217021952_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved