नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न सरकारसित माग

96681309_693752718041948_9059319395842523136_n

  • वैशाख २७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल बार एसोसिएसनले अन्तर्राष्ट्रिय सिमानामा भएको अतिक्रमणलाई तत्काल रोकी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न सरकारसित माग गरेको छ ।96681309_693752718041948_9059319395842523136_n
शनिबार नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरि भारत सरकारले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा ३७२ वर्ग कि.मि. क्षेत्रफल जमिन अतिक्रमण गरि ७८ कि.मि बाटो बनाएकोमा राष्ट्रिय सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न माग गरेका हुन् ।
बारले भारतीय पक्षले नेपालको अन्तर्राष्ट्रिय सिमानामा अतिक्रमण गरी बाटो बनाएकोप्रति निन्दा र खेद समेत प्रकट गरेको छ । साथै नेपाल बार एसोसिएसनले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गर्न समेत भारत सरकारसित माग गरेको छ ।
त्यस्तै बारले समस्यालाई कुटनैतिक रूपमा समाधान गर्ने र सामरिक दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था गरि सिमानालाई व्यवस्थित गर्न समेत माग गरेको छ ।96516331_706129456879489_7245101355763761152_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved