बिहिबार सम्मै हावाहुरी, मेघगर्जन सहित पानी पर्ने, सतर्क रहन मौसमविद्को आग्रह

  • वैशाख ३०, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । आज(मंगलबार)पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

अहिले बिहान काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको उनले बताइन्। ‘तर अपराह्नपछि यहाँ पनि बदली भई मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ उनले भनिन्।

यस्तै देशभका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौमसविद् बासीले जानकारी दिइन्।

उनका अनुसार तत्काल (मंगलबार बिहान० भने पश्चिमी क्षेत्रमा सामान्य बदली छ भने देशका बाँकी भूभागमा मौसम आंशिक ९घाम बादल घाम बादल) बदली छ।

मौसमविद्का अनुसार अहिले मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव छ।

सोही कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने क्रम चलिरहेको हो।

यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

हेरौं महाशाखाले गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान-

मंगलबार

दिउँसोः देशको अधिकांश भू-ागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

बुधबार

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशको पुर्वी तथा मध्य भू-भाग भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

बिहीबार

दिउँसोः देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved