कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा-प्रम ओली

  • जेठ ६, २०७७
  • कालापानी मिडिया
alt


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट कसैको ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको बताएका छन्।

संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्न सिंगो राष्ट्र एकजुट हुनुपर्ने बताए। ‘संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले कोरोनाका कारण मुलुक असहज र असामान्य अवस्थामा रहेको बताए।
नेपालमा अहिलेसम्म दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘त्यसकै कारणले नभए पनि अन्य कारणले भए पनि २ जनाको निधन भएको छ। म दुस्ख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा कोरोना कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ।’

प्रधानमन्त्री ओलीले अरू कुनै कारणले बिरामीको मृत्यु भए पनि कोरोना देखिएपछि कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने बताए। ‘कोरोनभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ,’ उनले भने। कोरोनाको परीक्षण दायरा वृद्धि गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved