संक्रमित चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन स्वास्थ्य मन्त्रालयको बैठकमा

  • जेठ ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको विभिन्न इलाकामा कोरोना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा सहभागी भएर फर्केका उनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । ‘उहाँको रिपोर्ट आउनु अघिल्लो दिन हामी एचईओसीको एउटै बैठकमा थियौँ । अब हामी पनि परीक्षणमा सहभागी हुनुपर्ने अवस्था आयो,’ एचईओसीमा कार्यरत एक जना स्वास्थ्यकर्मीले भने, ‘उहाँसँग प्रत्यक्ष सम्पर्कमा आएका धेरै पो छौं त ।’

एचईओसीको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी हुने गरेका छन् । मन्त्रालयको कोरोना नियन्त्रणसम्बन्धी सम्पूर्ण गतिविधि एचईओसीबाट नै चल्ने गर्छ । मन्त्रालयको वेबसाइटमा हुने तथ्यांक अपडेट गर्ने कर्मचारी र डब्लुएचओको प्रतिनिधिसमेत त्यहाँ कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved