सिक्किमदेखी सतलजसम्म नेपाल भएको भारतिय इतिहासमै उल्लेख

  • जेठ १२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन । अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर लिएको उल्लेख गरेको छ ।

अधिकांश भारतीयले पढ्ने इतिहासको किताब हो- पंकज सरल अध्ययन माला । सो पुस्तकको आधुनिक भारत -१७०७/१८१८० पुस्तक मालामा एउटा अध्याय छ-गोर्खा युद्ध । यस अध्यायमा गोर्खा राज्यको सिमाना सिक्किमदेखि सतलजसम्म रहेको र युद्धमार्फत अंग्रेजहरुले त्यो भूभाग छिनेर लिएको उल्लेख गरिएको छ ।
‘नेपाल राज्यका निवासीलाई गोरखे भनिन्छ । पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म यिनको राज्य फैलिएको थियो,’ किताबमा लेखिएको छ, ‘गोरखा जाति आफ्नो वीरताका लागि प्रशिद्ध थिए ।’

सो पुस्तकमा अंग्रेजले नेपाललाई बाध्य बनाएर सुगौली सन्धिमा हस्ताक्षर गर्न लगाएको स्वीकारोक्ति छ । पुस्तकमा भनिएको छ, ‘बलमार्फत जब विजय प्राप्त गर्न सम्भव भएन, तब अंग्रेजले छलपूर्वक गोर्खालाई मिलाउने प्रयास गर्‍यो । गोर्खाका सेनापतिलाई धेरै प्रयास गर्दा पनि अंग्रेसले आफ्नो मित्र बनाउन सफल भएन । छापामार रणपद्दतिद्वारा गोर्खाले अंग्रेजलाई धेरै स्थानमा पराजित गरे ।’

तर, अन्तिममा छलकपटद्वारा अंग्रेजले नेपाललाई हराएको पंकज सरल अध्ययनमालामा उल्लेख छ । पुस्तकमा अगाडि भनिएको छ, ‘परिणामस्वरुप १८१६ मा सुगौलीको सन्धी भयो, जसद्वारा कमाऊ र गढवालको समस्त प्रदेश अंग्रेजलाई प्राप्त भयो ।

नेपाली विश्लेषकहरुले पनि सुगौली सन्धिअघिसम्म नेपाल विशाल एवं सार्वभौम सत्तासम्पन्न मुलुक रहेको र सुगौली सन्धिपछि अर्धऔपनिवेशिक बन्न पुगेको बताउने गरेका छन् । नेपालमा विदेशी हस्तक्षेपको सुरुवात यही सुगौली सन्धीलाई मान्ने गरिएको छ ।

सुगौली सन्धीले नेपालको सीमालाई संकुचन त गरेको थियो नै, तर छिमेकी भारतले त्यसपछि पनि सुस्ता, कालापानी लगायतका विभिन्न ठाउँमा नेपाली सीमा अतिक्रमण गर्ने कार्य अहिलेसम्म जारी राखेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved